२०८२ असार २२ गते आईतवार २२:०४
वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले होटल क्लासिक बन्क्वेटमा एक कार्यक्रमको आयोजना गरी नेपाली सामाजिक कथानक चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक गरेको छ। संघका अध्यक्ष सूर्यनारायण विक, वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र चलचित्र निर्माता हरी पन्तले संयुक्त रूपमा पोस्टरको अनावरण गरेका हुन् । कार्यक्रममा वरिष्ठ कलाकार श्रीवास्तवले चलचित्रले समाजको यथार्थलाई चित्रण गर्ने बताए । नेपाली, हिन्दी र भोजपुरी चलचित्रमा लामो समयदेखि सक्रिय श्रीवास्तवले हालको नेपाली चलचित्र क्षेत्र प्रविधिमैत्री र नवप्रवर्तनमुखी बन्दै गएको बताए । चलचित्रका निर्माता तथा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले चलचित्रले समाजको कथा बोल्ने अपेक्षा राखिएको बताए । उनले चलचित्रको नामले नै दर्शकमा उत्सुकता बढाएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता शिव कुमार साहले मधेशमा नेपाली चलचित्रप्रति चासो बढिरहेको बताए । भोजपुरी र हिन्दी चलचित्रको प्रभाव रहेको क्षेत्रमा नेपाली चलचित्रको बढ्दो उपस्थिति सकारात्मक संकेत भएको बताए । संघ अध्यक्ष सूर्यनारायण विकले चलचित्र आगामी भदौ ६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएकोले आज देशभर एकसाथ पोस्टर सार्वजनिक गरिएको बताए । कार्यक्रममा चलचित्रमा हिमाल न्यौपाने, कमल न्यौपाने र बिमल न्यौपाने तथा प्रमुख भूमिकामा विजय बराल, केकी अधिकारी, मिरूना मगर र गौरव पहाडी रहेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस