वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या मारी देउ’ नारासहित जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, महिला नेतृ रम्भा मिश्रा, अनिता रौनियार, नजमा खातुन लगायतको उपस्थिति थियो। वीरगंजमा खानेपानी अभावप्रति तीन वटै तहका सरकारले आँखा खोल्नुपर्ने बताए । कार्यक्रममा वक्ताहरूले वीरगंजवासीलाई दैनिक खान, नुहाउन र जीवनयापन गर्न गाह्रो परेको उल्लेख गर्दै, सरकारलाई खानेपानी समस्या तत्काल समाधान गर्न माग गरे ।

पर्सा जिल्लामा रहेका कुल १६७ मतदान स्थल सिसिटिभी प्रणालीसँग जोडिने
वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी निर्वाचनलाई सुरक्षित,












