२०८२ भाद्र २३ गते सोमबार २०:०७
वीरगंज, २३ भदौ । वीरगंज महानगरको शंकराचार्य गेट नजीकै एउटा पसलमा काम गर्ने महिलामाथि गोली प्रहार भएको छ । सोमवार पसलमा काम गर्ने भारतीय महिला वर्ष १८ की निशा कुमारीलाई भारत, झारखण्ड बस्ने वर्ष २६ का प्रदीप शर्माले गोली प्रहार गरेका थिए । गालामा गोली लागेर निशा ढलेपछि प्रदीप शर्मा भाग्ने क्रममा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । शर्माको साथबाट सिक्सर एक थान बन्दूक, त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद भएको जनाइएको छ । गालामा गोली लागेर गम्भीर अवस्थामा रहेकी निशाको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ । यो घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस