रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा पुगेको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रमका क्रममा एक जना महिला सहित कुल ६७ जनाले रक्तदान गरेका थिए।
रक्तदान गर्नेहरूमा रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुलशन कुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह, मोतीलाल पासवान, लक्ष्मण कुमार यादव, सुदन पुरी, रामचन्द्र यादव, मुकेश राय लगायतका व्यक्तिहरू रहेका थिए।
कार्यक्रमको विशेष उपस्थितिमा पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठक तथा डिएसपी किशोर लम्साल उपस्थित रहेका थिए। उनले रक्तदान जीवनदान हो भन्दै यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बन्ने बताएका थिए।