२०८२ कार्तिक २८ गते शुक्रबार १८:५७

ग्यासु मिया देवान
बीरगञ्ज / रक्सौल,
भारतीय सीमा सुरक्षा बल एसएसबीको कमाण्डमा रहेको मानव तस्करी रोकथाम गर्ने निकायको संयुक्त टोलीले आज एक नाबालिक नेपाली युवतीलाई तस्करको जालबाट सकुशल मुक्त गराएको प्रहरी निरीक्षक इन्सपेक्टर मनोज कुमार शर्माले बताउनुभयो ।
उक्त नेपाली नाबालिक युवतीलाई ललाई फकाई अपहरण शैलीमा बन्धक बनाई राखेको र भारतको दिल्ली लग्ने योजनालाई विफल पारि मानव तस्करी रोधक इकाइ कार्यालय, लगायत भारतीय एसएसबी सीमा सुरक्षा बल को संयुक्त टोलीले पाएको विशेष सूचनाको आधारमा उक्त अभियुक्त मनोज गिरीलाई पक्राउ गरिएको उनले बताए ।

सो नेपाली नबालक युवतीलाई सकुशल उद्धार गरिएको भारतीय सशस्त्र सीमा बल एसएसबीका प्रहरी निरीक्षक इन्सपेक्टर मनोज कुमारको कमाण्डमा खटिएको सहित टोलीले उक्त युवतीलाई सकुशल उद्धार गरी महिला अनुसन्धानकर्मीद्वारा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।


पहाडी मूलका उक्त नाबालिक १४ वर्षीय युवतीलाई ललाई फकाई झुटो आश्वासनमा पारी दुई महिना देखि बन्धक बनाई राखेको र
निजको आमाले नेपाल प्रहरी लगायत विभिन्न निकायहरूमा खोजतलासको लागि आवेदन दिएता पनि फेला नपरेको हुँदा बाध्य भई उक्त नबालक युवतीको आमाले भारतीय सशस्त्र सीमाबल एसएसबीका प्रहरी निरीक्षक मनोजकुमार शर्माको whatsapp मा सम्पर्क गरी घटनालाई विस्तृत रूपमा जानकारी गराउँदा तत्कालै


समाजिक सञ्जाल लगायतको माध्यमबाट
Trekking गर्दै र मोबाइल नम्बरलाई समेत location को आधारमा मिसन मुक्ति फाउन्डेसन नयाँ दिल्लीको टोली र मानव तस्करी रोधक इकाइको टोली, राष्ट्रीय मानवाधिकार आयोगका श्री प्रियांक कानूनगो, ए.डी.जी (वीकर-सेक्शन) श्री अमित जैन, इंस्पेक्टर मनोज कुमार शर्मा (क्षेत्रक मुख्यालय, बेजपारा, असम), डाइरेक्टर श्री वीरेंद्र सिंह मिशन मुक्ति फाउंडेशन, नई दिल्ली, एनजीओ श्रीमती प्रयास जूबेनाइल एड सेंटर रक्सौल, रेस्क्यू एंड रिलीफ फाउंडेशन , इंटेलिजेंस ईकाई क्षेत्रक मुख्यालय एसएसबी बेजपारा र मोतिहारी पुलिसको संयुक्त टोलीले “मिशन निर्भया नामक ऑपरेशन” थालिएको थियो ।


नेपाल भारतको खुल्ला सीमामा यस्ता प्रकारको मानव बेचबिखनको अपराधलाई रोकथाम गर्नको निमित्त भारतीय सशस्त्र सीमा बल एसएसबीको महत्वपूर्ण भूमिका निर्वाह गर्दै गरेको स्थानीय बुद्धिजीवीहरूले बताएका हुन् ।


नेपाल भारतको रोटीबेटीको सम्बन्धलाई अझै महत्त्वपूर्ण बनाउँदै यस्ता गैरकानुनी क्रियाकलापलाई निरुत्साहित गर्न भारतीय सुरक्षाकर्मीहरूको भूमिका सराहनीय रहेको स्थानीय आम नागरिकले यस क्राइम न्यूजलाई बताएका छन् ।


हाम्रा नेपाली चेलीबेटीहरू लाई मानव तस्करहरूले ललाई फकाई लगिने गरेको हुँदा उक्त क्रियाकलापलाई भारतीय सुरक्षाकर्मी हरूको टोलीले कडा कारबाही गर्दै यस्ता कैयौं युवतीहरूलाई सकुशल उद्धार गरिएको र यस्ता कार्यमा संलग्नहरूलाई तत्कालै पक्राउ गरी कडा कानुनी कारवाही गरिरहेको स्थानीयहरूले बताए ।


बिहारबाट उद्धार गरिएको उक्त नाबालिक नेपाली युवतीलाई काउंसिलिंग स्पेशियलिस्ट आरती कुमारीले पीड़ित युवती सँग काउंसिलिंग सोधपुछ अनुसन्धान गरिरहेको सशस्त्र सीमाबल एसएसपीका प्रहरी निरीक्षक मनोज कुमार शर्माले यस क्राइम न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस