ग्यासु मिया देवान
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार जालीम मियाले आज व्यापक जनसहभागितासहित घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) मधेस प्रदेश कमिटीका सचिवालय सदस्य वीरेन्द्र प्रसाद यादव, जगन्नाथपुर गाउँपालिकाका पूर्व गाविस अध्यक्ष कृष्ण मोहन यादव, स्थानीय नेता सम्सुल हक मिया लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

जगन्नाथपुर गाउँपालिका अन्तर्गत लक्ष्मीपुर, जमुनिया, जानकीटोला र देशवता गाउँमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा उम्मेदवार मियाले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा हजारौं स्थानीय कार्यकर्ता तथा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
घरदैलो अभियानमार्फत जनताको साथ र समर्थन अझ सुदृढ भएको नेता कार्यकर्ताहरूले बताएका छन् ।












