वीरगंज । मधेश प्रदेशको प्रमुख व्यावसायिक सहर वीरगंजमा उच्च गतिको इन्टरनेट सेवामा नयाँ आयाम थपिँदै गएको छ। WorldLink Communications वीरगंज शाखाले 6 GHz ब्यान्डमा आधारित WiFi 6G प्रविधिसहितको सेवा विस्तार गर्दै हालसम्म करिब ५००–६०० ग्राहकको घरमा जडान सम्पन्न गरिसकेको जनाएको छ।
मधेश प्रदेशका १८ वटा शाखामार्फत सेवा लञ्च भइसकेको यस प्रविधिले इन्टरनेट प्रयोगमा उल्लेखनीय सुधार ल्याएको ग्राहकहरूले बताएका छन्। नयाँ 6 GHz ब्यान्डले परम्परागत 2.4 GHz र 5 GHz भन्दा धेरै उच्च गतिको डेटा ट्रान्सफर उपलब्ध गराउने भएकाले प्रयोगकर्ताले अब बिना अवरोध स्ट्रिमिङ, गेमिङ तथा अफिस कार्य सहज रूपमा गर्न सक्ने भएका छन्।
प्राविधिक रूपमा हेर्दा 2.4 GHz ब्यान्डले लामो दूरीमा कभरेज दिन्छ भने 5 GHz र 6 GHz ब्यान्डले अत्यधिक गति प्रदान गर्छन्। विशेषगरी 6 GHz ब्यान्ड नयाँ र फराकिलो स्पेक्ट्रम भएकाले यसमा नेटवर्क ट्राफिक कम हुने र डिभाइसहरूले पूर्ण क्षमतामा काम गर्न सक्ने सुविधा हुन्छ।
यसैक्रममा ब्रान्ड एम्बेसडर Aashif Sheikh मार्फत ग्राहकहरूको अनुभव बुझ्ने कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा तीन जना ग्राहकको घरमै पुगेर प्रत्यक्ष फिडब्याक संकलन गरिएको थियो, जहाँ प्रयोगकर्ताहरूले सेवा गुणस्तरप्रति सन्तुष्टि व्यक्त गरेका थिए।
कार्यक्रम Birgunj स्थित वर्ल्डलिंक शाखा प्रबन्धक Suchit Poudel को सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको हो।
नयाँ WiFi 6G प्रविधिले भविष्यका WiFi 7 जस्ता प्रविधिहरूसँग पनि अनुकूल हुने भएकाले यसले इन्टरनेट सेवाको दीर्घकालीन सुधार र विश्वसनीयता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।















