वीरगंज, १० जेठ । प्रगति एजुकेशन फाउन्डेशन प्रा.लि.को आयोजना र हेल्पिङ्ग हेन्ड यूथ सोसाइटीको सहयोगमा ब्राइट पब्लीक स्कुलको प्राङ्गणमा मासिक खेलकुद र सेल्फ डिफेन्स कार्यक्रम सम्पन्न भएको छ । सेल्फ डिफेन्स प्रशिक्षण क्युकुशिन कराँते संघ मधेश प्रदेशका (अध्यक्ष) राजकुमार महतोले प्रशिक्षण दिनु भएको थिए । उहाँले आत्मरक्षाका विविध प्रविधिहरू, मनोबल वृद्धि गर्ने उपायहरू र आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने व्यवहारिक सीपहरूको अभ्यास गराउनुभयो। सेल्फ डिफेन्स कार्यक्रममा खेलाडीहरू द्वारा फिजिकल फिटनेस, चक्कू प्रहार बाट बच्ने, विकेट भाच्ने, घैला तोड्ने जस्ता डेमो हेराइ प्रदशर्न गरिएको थियो । कार्यक्रमले सहभागीहरूमा आत्मविश्वासको विकास गर्नुका साथै शारीरिक र मानसिक तन्दुरूस्तीको महŒव झल्काएको सेल्फ डिफेन्स कार्यक्रमका सभा अध्यक्ष प्रगति एजुकेशन फाउन्डेशन प्रा.लि.का डाइरेक्टर सचिन सर्राफले जनाएका छन । सहभागीहरूले कार्यक्रमप्रति उच्च उत्साह देखाएको र यस्ता कार्यक्रमले व्यवहारिक शिक्षा दिनेमा महŒवपूर्ण भूमिका खेल्ने सर्राफले जनाएका छन। मासिक खेलकुद र सेल्फ डिफेन्स कार्यक्रमको प्रमुख अतिथिमा मोटिभेसनल स्पीकर प्रदिप कुमार शाह, विशिष्ट अतिथीमा क्युकुशिन कराँते संघ मधेश प्रदेशका अध्यक्ष राजकुमार महतोे, ब्राइट पब्लीक स्कुलका डाइयरेक्टर मुकेश प्रसाद गुप्ता, माँ जागरण मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार राजन कुमार सिहँ, अतिथिमा पुनम यादव, अभिभावकमा गोविन्द प्रसाद गुप्ता लगायतको उपथिति रहेको थियो । उक्त कार्यक्रमको उदघोषक हेल्पिङ्ग यूथ सोसाइटीका अध्यक्ष राजकुमार गुप्ताले गर्नु भएको थियो ।

मधेस प्रदेशको पर्साको पोखरियामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको पर्सा जिल्लाको पोखरिया













