[ndu_today_date]

ग्यासु मिया देवान
बीरगञ्ज / मधेस प्रदेशको बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ मा रहेको श्री बेगा साह माध्यमिक विद्यालयको विद्यालय तथा पुस्तकालय र भवन निर्माणको सिलन्यास आज भारतीय महावाणिज्य दूतावास बीरगञ्जका महावाणिज्यदूत श्री डि,एस, मिना ज्यू र प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयस्वालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको सिलन्यास गर्नुभएको हो।

पर्सौनी गाउँपालिका वडा नम्बर २ स्थित बेगा साह माध्यमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवन भारत सरकारको आर्थिक सहयोगमा उक्त आधुनिक भवन निर्माण गर्न लागिएको हो।
सो नवनिर्मित नयाँ भवनमा पूर्वाधार फर्निचर, आधुनिक पुस्तकालय, कम्प्युटर, विज्ञान प्रयोगशाला, र स्वास्थ्य सफा क्यान्टिन सहित आधुनिक सुविधा सहित दुई, तीन तल्ले विद्यालय र कक्षा कोठा शैक्षिक भवनहरु हुनेछ ।

सो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रुपमा लिएको छ । बारा जिल्लाको पर्सौनी गाउँपालिका मार्फत कार्यान्वयन गरिएको छ ।
पर्सौनी गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिएको विकास सहयोगको उक्त कार्यक्रममा सहभागीहरूले प्रशंसा गरे ।
विद्यालय भवनको निर्माणले बालबालिकाहरूलाई शिक्षाको लागि सुरक्षित र अनुकूल वातावरणमा पढाइ हुने स्थानीयहरूले विश्वास व्यक्त गरे।

नजिकका छिमेकी तथा विकास साझेदार को रूपमा रहेको भारत र नेपाल बीच विभिन्न क्षेत्रहरूमा व्यापक र बहु-क्षेत्रीय सहयोग गर्दै आएको छ ( HICDP ) को कार्यान्वयनले विकास र यसमा नेपाल सरकारको प्रयासलाई सुदृठ पार्न भारत सरकारको निरन्तर सहयोग रहिरहने बताइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस