धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतिय भ्यान सवा १० बजे जुधेको हो।
मृतकमध्ये ५ जनाको भरतपुर अस्पतालमा र २ जनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
भरतपुर अस्पतालमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी, तथा नाम वतन खुल्न नसकेका १९ वर्षीया युवती, २५ वर्षीया महिला र २३ वर्षीय युवक रहेका छन्।
त्यस्तै, पुरानो मेडिकल कलेजमा निधन हुनेमा अन्दाजी ३५ वर्षकी गर्भवती महिला र ४० वर्षीय पुरुष रहेका छन्, दुवैको परिचय खुल्न बाँकी छ।
घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।