वीरगंज । पछिल्लो केही महिनादेखि वीरगंज महानगरपालिका तथा आसपासका क्षेत्रमा चापाकल सुकेर खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ ।
यस्तै संकटको घडीमा वीरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार तथा समाजसेवी अजय कुमार गुप्ताले मानवीय पहल गर्दै आफ्नै वडामा पानी वितरण गर्ने कार्य थाल्नुभएको छ ।
समाजसेवी गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र दमकल मार्फत पानी ल्याई ट्याङ्कीमा भरि वडाभित्रका बासिन्दाहरुलाई निःशुल्क पानी वितरण गर्न थालेका छन् । उहाँले आफैं घरघरमा पुगेर पानी वितरण गर्दै हुनुहुन्छ, ताकि कसैलाई पनि पानीको अभाव नहोस भन्ने भावनाले बितरण गर्न थालेका हुन ।
यस प्रयासमा गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराई साथ दिएका छन् ।