वीरगंज, ११ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकहामैनपुर गाउँपालिका वडा नं. १ धोरे सडकखण्डबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । पकाहामैनपुर गापाको वडा नं. २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनीले बोकेको झोलाबाट नुफिन, डाइजेपाम र फेनारगन ४५० एम्पुल बरामद भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरी चौकी धोरेको नियमित चेकिङ टोलीले झोलामा आलु र प्याज मा लुकाइएको अवस्थामा लागूऔषध फेला परेपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा पठाएको र पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

मधेस प्रदेशको पर्साको पोखरियामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको पर्सा जिल्लाको पोखरिया













