वीरगंज, २२ वैशाख । नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङ आरोप लागेका राष्ट्रिय क्रिकेट खेलाडी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको छ । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले आज प्रेस विज्ञप्ति जारी गरी प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराएका छन् । नेपाल क्रिकेट संघको आयोजनामा २०७९।०९।०९ गते देखि २०७९।०९।२७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर काठमाण्डौमा संचालन भएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिड्ढो आरोप लागेका राष्ट्रिय क्रिकेट खेलाडी मोहमद आदिल आलमलाई एन्टि करप्सन कोड बमोजिम कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाईएको प्रतिबन्धका सम्बन्धमा क्यान इन्टेग्रिटी कमिटीले आवश्यक प्रकृया पूरा गरी निजको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । सो प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागीता जनाउन पाउने गरी यहि २०८२।१।२१ गतेदेखि मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको प्रवक्ता लामाले जानकारी गराएका छन् ।

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा साइकल र्याली, स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड ।
( ग्यासु मिया देवान ) वीरगञ्ज, जेष्ठ २०/ विश्व साइकल











