वीरगंज १३ साउन । मानवसेवा आश्रम वीरगंजले मंगलवार वीरगंजको पावर हाउस चोकबाट एकजना मानसिक अवस्था कमजोर पुरूषको उद्धार गरेको छ । आफ्नो नाम र ठेगाना बताउन नसक्ने ३५ वर्षीय सो व्यक्तिको उद्धार गरी मानवसेवा आश्रम वीरगंजमा लगिएको थियो । व्यक्तिको सरसफाइ गरी डा. भरत गोइतको निगरानीमा औषधि उपचार प्रक्रिया अगाडि बढाइएको मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले जनाए । सामाजिक अभियन्ता प्रकाश थारू, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादवलगायतले सो पुरुषको उद्धार गरेका थिए ।

मधेस प्रदेशको बारामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको बारा जिल्लाको प्रसौनी















