२०८३ बैशाख १४ गते सोमबार ०७:१०

ग्यासु मिया देवान
बीरगञ्ज / बारा:
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुर, बारामा मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक कार्यक्रम मुल्की इस्तमा शनिबारदेखि सुरु भई सोमबारसम्म मनाइने भएको छ।

उक्त इस्तमामा देशभरबाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
कार्यक्रममा सहभागीहरू धार्मिक वातावरणमा भेला भई इस्लाम धर्मका विभिन्न पक्षबारे ज्ञान आदान–प्रदान गरिरहेका छन् ।

उक्त इस्तमामा जेन- जि एन्ड युथ अफ बारा जिल्लाका अध्यक्ष शौरभ पाण्डेको टिमले सर्बत र पानी समेत बितरण गरिरहेका थिए ।

सो मुस्लिम इस्तमा भेलामा जेन- जि बारा जिल्ला कमिटी सल्लाहकार तथा समाजिक अभियानता सुरज खनालको टोलिले इस्तमा मा सहभागी मुस्लिम धर्मावलम्बीहरुलाई जुस र पानी समेत खुवाउनु भएको थियो ।

आयोजकका अनुसार, इस्तमाका क्रममा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआन तथा हदिसका विषयमा विशेष प्रबचनहरू दिइनेछ। साथै, धर्मप्रचार, नैतिक शिक्षा र समाजमा सद्भाव कायम गर्ने विषयमा समेत जोड दिइने बताइएको छ।

मुस्लिम समुदायको भैरहेको उक्त इस्तमा मा सहभागीहरुलाई साथ र सहयोग गर्न जिल्ला बारा हरपुरका स्थानीय निवासी तथा समाज सेवि कपिलदेव प्रसाद यादवले सधै तयार रहेको उनले बताए ।

स्थानीय प्रशासनले कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा तथा व्यवस्थापन मिलाएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस