वीरगंज, २८ असार । नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा वीरगंज लेडिज सर्कल–३ ले नारायणी अस्पतालमा फलफुल वितरण गरेको छ । कार्यक्रममा ५५ किलो आँप र ३०० थान केरा नारायणी अस्पतालमा रहेका बिरामी र कुरूवाहरूलाई वितरण गरिएको हो । लेडिज सर्कल–३ वीरगंजकी अध्यक्ष नन्दनी अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निधि जाटिया, सचिव श्रेया रूङटा, कोषाध्यक्ष नेहा अग्रवाल, पूर्वअध्यक्ष खुशबु सिंघानियालगायतको सहभागीता थियो । अध्यक्ष नन्दनी अग्रवालले नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरेर यो दिनलाई भव्यताका साथ मनाउने क्रममा आज हामीले पनि सानो प्रयासस्वरूप नारायणी अस्पतालका बिरामी कुरूवालाई फलफुल वितरण गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको जानकारी गराइन् ।

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा साइकल र्याली, स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड ।
( ग्यासु मिया देवान ) वीरगञ्ज, जेष्ठ २०/ विश्व साइकल













