वीरगंज, ३१ साउन । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो डेढ वर्ष देखि प्रत्येक शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमबाट अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा, ईरिक्सा चालकहरू, यात्री बटुवाहरूलाई पोषिलो भोजन खुवाइएको हो । वीरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले सेवा नै धर्म हो मुलमन्त्र लाइ आत्मसात गरी हरेक हप्ता करिब ४५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको र दिनदुखी असहायको पेट भर्न र त्यसपछिको उनीहरूको अनुहारमा आएको खुशी देखेर आफुलाई निकै खुशी लाग्ने बताए । अभियानका सचिव युवा समाजसेवी प्रकाश बाहेतीले दिनदुखी असहायको सेवा सहयोग नै हामी मानवको लागि सबैभन्दा ठूलो धर्म र कर्म भएकोले निशुल्क भोजन कार्यक्रम जारी राखेको बताए । उनले अभियानमा हातेमालो गर्न आग्रह गरे । आजको भोजनमा भात, दाल, आलु परवलको तरकारी र हरियो खुर्सानीको अचार वृद्ध, महिला, बच्चाहरूलाई बोलाइ थपी थपी खुवाइएको थियो । कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुत लगायतले सेवा प्रदान गरेका थिए ।

मधेस प्रदेशको बारामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको बारा जिल्लाको प्रसौनी















