




ग्यासु मिया देवान
बीरगञ्ज / “वन संरक्षण व्यवस्थापन तथा वनसम्बन्धी मुद्दामा अभिमुखीकरण तालिम डिभिजन वन कार्यालय, पर्सामा सम्पन्न”वन संरक्षण व्यवस्थापन तथा वनसम्बन्धी मुद्दामा अभिमुखीकरण तालिम डिभिजन वन कार्यालय, पर्सामा सम्पन्न भएको हो ।
डिभिजन वन कार्यालय, पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदको प्रमुख अतिथिमा भएको आयोजनामा “वन संरक्षण व्यवस्थापन तथा वनसम्बन्धी मुद्दा सम्बन्धी अभिमुखीकरण तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।
तालिममा वन संरक्षण सम्बन्धी नीति–नियम, वन व्यवस्थापनका वर्तमान चुनौतीहरू, अवैध वन्यजन्तु तथा काठ व्यापार नियन्त्रण, सामुदायिक वनको भूमिका, र वन अपराधसम्बन्धी कानुनी प्रक्रियाबारे विस्तृत रूपमा छलफल गरिएको थियो डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मञ्जु अहमदले बताए।
कार्यक्रममा वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता समूहमाका प्रतिनिधि, स्थानीय तहका सरोकारवालाहरू तथा सुरक्षाकर्मीको सक्रिय सहभागिता रहेको थियो।
प्रशिक्षक पर्सा जिल्ला अदालत सरकारी वकिल कार्यालयका न्यायधिवक्ता अनन्त न्यौपानेले वन क्षेत्रको कानुनी प्रक्रिया र वनसँग सम्बन्धित ऐन कानुनको र दफा उपदफा सम्बन्धी नौ आगन्तु वनरक्षकहरुलाई प्रशिक्षण गराउनुभएको थियो ।डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले वन क्षेत्रको दिगो व्यवस्थापन, वातावरणीय संरक्षण र स्थानीय समुदायको सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रमका सहभागीहरूले प्राप्त ज्ञानले वन संरक्षणमा थप योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्।













