ग्यासु मिया देवान
बिरगंज / आज बिरगंजमा आयोजित एक कार्यक्रममा भारतिय महावाणिज्य दूतावास बिरगंजका महावाणिज्यदुत श्री देवि सहाय मिनाज्युले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई कैदी बोक्ने दसवटा ट्रक एक औपचारिक कार्यक्रम गरि हस्तान्तरण गर्नुभएको छ ।
भारत सरकारद्वारा प्रदान गरिएको उक्त दसवटा ट्रक कारागारमा बन्दी जिबन बिताई रहेका कैदीहरुलाई आपूर्तिको एक हिस्साको रुपमा कानुनी प्रक्रियामा सहयोग पुर्याउने उदेश्यले नेपालको क्षमता अभिवृद्धि गर्न मदत पुग्ने बिश्वासको साथ आज उक्त दसवटा ट्रक हस्तान्तरण गरिएको भारतिय महावाणिज्य दूतावास बिरगंजका सूचना अधिकारी मनिश दासले बताउनु भएको हो ।
आजको उक्त हस्तान्तरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भारत सरकारद्वारा उपहार स्वरुप प्रदान गरिएको उक्त दसवटा ट्रक प्राप्त गर्दा खुशीको साथ धन्यवाद पनि दिए र दुई देशहरु बिच व्यापक र पारस्परिक रुपमा लाभदायक सहयोगको प्रसंशा समेत गर्नु भएको
थियोे ।
यस वर्षको अघिल्लो दिनहरुमा भारत सरकारले ५ मार्च २०२६ मा भएको प्रतिनिधि सभा निर्वाचनको लागि नेपाल सरकारको अनुरोधमा भारत सरकारले एसयुभी पिक-अप र ट्रक सहित लगभग ६४० वटा सवारी साधन उपहार स्वरुप नेपाल सरकारलाई प्रदान गरि सकेको छ ।
बिगतका वर्षहरुमा भारत सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना लगायत सुरक्षा निकायहरुलाई दुई हजार भन्दा बडि सवारी साधन उपहार स्वरुप प्रदान गरिसकेको थियो ।
भारत सरकारबाट जारी सहयोग र समर्थनले दुबै देशहरु बिच रहेको बहुआयामिक र बहुक्षेत्रिय बिकास साझेदारीलाई प्रतिबिम्बित गर्नुको साथै भारत- नेपालको जन- जन बिचको गहिरो सम्बन्ध र पारस्परिक बिश्वास र मित्रताको प्रतिकको रुपमा बिश्वास व्यक्त गरिएको थियो ।
आजको उक्त ट्रक हस्तान्तरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल १३ न, गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रि लगायतको सहभागितामा सो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।













