२०८२ असार २८ गते शनिबार १६:३८

ग्यासु मिया देवान
बीरगञ्ज / संघीय सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादव ज्यूको कोषबाट बीरगञ्ज महानगरपालिका वडा नम्बर २ घुसुकपुर छपकैयामा जडान भएको खानेपानीको डिप बोरिङको आज खानेपानी मन्त्री माननीय प्रदिप यादवज्यूले अनुगमन निरीक्षण गर्नुभएको छ ।

जसपाका स्थानीय नेता शेख जलसोदिनको पहलमा र शेख जमशेद को सक्रिय सहभागितामा बीरगंज महानगरपालिका वडा नम्बर २ कुसुकपुर छपकैयामा खानेपानीको दुई थान डिप बोरिङ जडान गरी पानीको समस्या केही हदसम्म समाधान भएको स्थानीयहरूले बताए ।


घुसुकपुरका स्थानीय जनताहरूले विगत वर्षदेखि खानेपानीको समस्या झेल्दै आएको हुँदा संघीय सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवज्यू कोषबाट तत्काल दुई थान डिप बोरिङ जडान गरिएको र उक्त बोरिङको स्वास्थ्य पानी स्थानीय जनताहरूको घरमा समेत सुचारु भएकोमा स्थानीयहरू खुसी व्यक्त गरे ।

संघीय सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवज्यूलाई भव्य स्वागत गर्दै उक्त टोलमा अनुगमन अवलोकन र निरीक्षण समेत गराइएका थिए ।


खानेपानीको समस्यालाई दीर्घकालीन समाधानका लागि थप पाइप बिछाउने कार्य छिटो छरितो गर्न सुरु गरिएको उहाँले बताए । खानेपानीको समस्या समाधान गर्न आफू तीन दिनदेखि पर्सा जिल्लाका विभिन्न स्थानहरू गाउँहरूमा खानेपानीको समस्या तत्काल समाधान गरिएको र थप कार्य तत्कालै सुचारु गर्न निर्देशन समेत दिएको माननीय मन्त्री प्रदिप यादवले बताए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस