वीरगंज, २५ साउन । ठोरी गाउँपालिका –४ को गोपी बस्ती नजिकै आइतवार पाटेबाघ मृत फेला परेको छ । वीरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत गोपीवस्ती र मालीवस्तीको सडकबाट करीब ५ सय मिटर दक्षिण र नेपाल भारतको सिमानाबाट करीब २ सय ५० मिटर उत्तरतर्फको कृषि सडकमा सो दुर्लभ पोथी पाटेबाघ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठले जनकारी दिए। बिहान धान गोड्न आउने किसानले पाटेबाघ मृत अवस्थामा देखेपछि आफुलाई जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताए । अन्दाजी ७–८ वर्षको करीब ९ फिट लम्बाइ भएको सो बाघको मृत्यु के कारणले भएको हो भन्ने पर्सा राष्ट्रिय निकुञ्जबाट आउने प्राविधिक टोलीले अनुसन्धान पछि भन्ने बताए । घाँटीमा र खुट्टामा लागेको चोट हेर्दा सो बाघ अर्काे बाघसंगको लडाइँका कारण मृत्यु भएको हुन सक्ने उनको अनुमान छ । घटनास्थलको चारैतिर जमिन खोतलिएको र लडाइँका स्पष्ट संकेत देखिएका छन् । मृत बाघको घाँटीमा अर्काे बाघले टोक्दा हुने खालको चोट देखिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । बाघ घाइते भएको ठाउँ भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ त्यही जंगलबाट आएको हुन सक्ने स्थानीयको अनुमान छ । घटनामा संलग्न अर्काे बाघ पनि घाइते भएको हुन सक्ने आशंका गरिएको छ । मृत बाघलाई आइतवार नै निकुञ्ज प्रशासनको प्राविधिक टोलीले आधाभार लिएर गएको छ ।

मधेस प्रदेशको पर्साको पोखरियामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको पर्सा जिल्लाको पोखरिया













