वीरगंज, १४ जेठ । मारवाडी प्रिमियर लिग (एमपीएल)–२०२५ को उपाधि वीरगंज बाशर्सले उचालेको छ । बुधवार सम्पन्न फाइनल खेलमा टाइटन ११ र वीरगंज बाशर्स भिडेका थिए । पहिलो ब्याटिङ गर्दै टाइटन ११ ले १० ओभरमा ७५ रनको योगफल खडा गर्यो । जवाफमा वीरगंज बाशर्सले ४ विकेट गुमाउँदै ८ ओभरमै ७८ रन बनाउँदै ६ विकेटको सहज जित हात पार्यो । विजेता वीरगंज बाशर्सलाई ट्रफीसहित नगद रू. २ लाख ५१ हजार राशिको चेक एवं शिल्ड प्रदान गरिएको थियो । त्यसैगरी दोस्रो हुनेलाई २ लाख राशिको चेक प्रदान गरिएको थियोे भने म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडीलाई रू. २१ हजार को नगद पुरस्कारले सम्मान गरिएको थियो । प्रतियोगिता समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, सशस्त्र प्रहरीका प्रतिनिधि राधेश्याम धिमाल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, तथा वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णलगायतको सहभागिता थियो । ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र मारवाडी युवा मञ्चले आयोजना गरेको प्रतियोगिता समापन कार्यक्रमको अध्यक्ष्Fता केन्द्रका अध्यक्ष्F प्रकाश खेतानले गरेका थिए ।

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील
जनकपुरधाम, १५ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत












