वीरगंज, २८ जेठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सडकमा जथाभावी मोटरसाइकल हुइक्याउने युवाहरूलाई पक्राउ गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालित सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ को बुधवार आयोजित समापन समारोहमा बोल्दै उनले मोटरसाइकलको सेलेन्सर पडकाउँदै सडकमा हुइक्याउँदै हिड्ने युवाहरुलाई कानुनी कारबाहीको दायरमा ल्याउनुपर्नेमा जोड दिए । मेयर सिंहले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रममा देखेका र सिकेका कुराहरू व्यवहारमा लागू गर्न आग्रह गरे । उनले सार्वजनिक यातायातका सवारी साधन बसपार्कबाट मात्रै सञ्चालन गर्न यातायात व्यवसायीहरूसंग अनुरोध गरे । समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, श्री जंगका वीरगंज का प्रमुख निराजन कटुवाल, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगंज अध्यक्ष हरी गौतम, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरीलगायतको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.ना.नि. लोकराज भट्टले गरेका थिए । ट्राफिक सप्ताह अन्तर्गत ट्राफिक नियम सम्बन्धी सचेतना -याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, पर्चा तथा पोस्टर वितरण, मोटरसाइकल चालकलाई हेल्मेट वितरण, सवारी साधन चेकजाँच जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो ।

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा साइकल र्याली, स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड ।
( ग्यासु मिया देवान ) वीरगञ्ज, जेष्ठ २०/ विश्व साइकल












