वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको २४औ वार्षिकोत्सवको अवसरमा सरसफाइ तथा रक्तदान कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा वीरगंज–१४ पिपरा स्थित पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम गरिएको छ । मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साको संयोजकत्वमा सरसफाइ कार्यक्रम गरिएको थियो । यसैगरी आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गणपति स.प्र.उ.राधेश्याम धिमाल, रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पताल वीरगंजका संचालक दिलिप कार्की, ईन्नोभेटिभ संस्थाका संचालक कमल चौगाई, लायन्स क्लव अफ वीरगंजका अध्यक्ष डि.एन.अग्रवाल, एलाईड युथ सोसाईटीका ओम कुमार झा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ४० जनाले रक्तदान गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा साइकल र्याली, स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड ।
( ग्यासु मिया देवान ) वीरगञ्ज, जेष्ठ २०/ विश्व साइकल











