वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो । हरेक शनिवार बिहान १० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन अभियान अन्तर्गत आज पनि अस्पतालमा उपचाररत बिरामी, कुरूवा तथा आर्थिक रूपमा विपन्न, असहाय र गरिब वर्गका व्यक्तिहरूलाई शुद्ध, सफा र पोषिलो भोजन खुवाइएको थियो । वीरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले हरेक हप्ता करिब ४५० देखि ५०० जनासम्म मानिसहरूले निशुल्क भोजन गर्न पाएकोमा मानव सेवा नै सबैभन्दा ठूलो सेवा रहेको बताए । दाल, भात, तरकारी र अचार वितरण बिरामी तथा कुरूवाहरूलाई उपलब्ध गराउने क्रममा व्यवस्थित व्यवस्थापन गरिएको थियो । कार्यक्रममा वीरगंज समाज सेवाका उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सरार्पm, सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रूङ्गटा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, निसान्त लाठलगायतको सहभागिता रहेको थियो ।

मधेस प्रदेशको बारामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको बारा जिल्लाको प्रसौनी















