वीरगंज, २५ साउन । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । आइतवार बारा जिल्ला स्थित परवानीपुर र प्रसौनी गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिड्ढो आज स्थलगत अनुगमन पछि आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई– मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिड्ढो कार्य शुरू गरेको बताउनुभयो । मन्त्री यादवले हाल जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिड्ढो पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको बताउनुभयो

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा साइकल र्याली, स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड ।
( ग्यासु मिया देवान ) वीरगञ्ज, जेष्ठ २०/ विश्व साइकल












