कलैया, २० असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बाढीपहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरून्त निर्माण गर्न तथा पीडितलाई आवश्यक राहत एंव क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बरैनियामा आयोजित अन्तरक्रियामा अध्यक्ष साहले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको स्वास्थ्य लाभ तथा सडकलगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणमा सरकारले ढिलाइ नगरी तुरून्त राहत दिनुपर्ने माग गरेका हुन । देशैभरी बाढीपहिरो, डुबान, एंव नदीको कटानले नेपालीहरू पीडित भएका छन । गौर अहिले पनि डुबानमा छ । जनता घरवार विहीन भएका छन । कतिले ज्यान गुमाउनु परेको छ भने कति त बेपत्ता भएका छन । यस्तो अवस्थामा ढिलाइ नगरी सरकारले तत्काल राहत, पुनर्निर्माण एंव क्षतिपूर्ति दिनुपर्छ, आजपा अध्यक्ष साहले भने, बाढी पहिरोले पहाड देखि तराई–मधेसका नागरिक पीडित एंव दुखित भएकाले सरकारले उनिहरूलाई राहत, पुनर्बासका साथै क्षति भएका संरचनाको पुनर्निर्माण गर्न आवश्यक छ । तराई मधेसका जनता बाढी, डुबान एंव नदिको कटानले पीडित भएको बताउदै उनले बाली भित्र्याउने बेलामा किसानले ठूलो क्षति व्यहोर्नुपरेकाले किसानलाई राहत एंव क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन ।

मधेस प्रदेशको पर्साको पोखरियामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को शिलान्यास समारोह सम्पन्न
ग्यासु मिया देवान बीरगञ्ज / मधेस प्रदेशको पर्सा जिल्लाको पोखरिया













